समाचार

गण्डकीका मन्त्रीहरुको सम्पत्तिमा बन्दुक पनि उल्लेख

Banner

पोखरा आसोज ०४-
आफैंले तोकेको समयसीमा कटेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार बिहीबार साँझ सार्वजनिक गरिएको हो । सार्वजनिक सम्पत्ति विवरणअनुसार अधिकांशको पुर्ख्यौली घरजग्गा नै र ऋण देखाएका छन् भने स्काभेटर, ट्याक्टरदेखि बन्दुक र भैंसीसम्म आफ्नो नाममा सम्पति रहेको मन्त्रीहरुले खुलाएका छन् । अर्थमन्त्री जीतप्रकाश आलेले १२ नाले बन्दुक रहेको खुलाएका छन् ।
उनले आफ्नो नाममा निजी वन रहेको देखाएको समते बताएका छन् । अर्थमन्त्री आलेले ३४ लाख ७० हजार रुपैयाँ बैंकबाट ऋण लिएको देखाएका छन् तर प्रयोजन भने खुलाएका छैनन् । आलेसँग एउटा मोटरसाइकल छ । अर्थमन्त्री आलेसँग ३३ हजार रुपैयाँमा खरिद गरेको लाइसेन्स प्राप्त एक नाले १२ बोर बन्दुक पनि रहेको उल्लेख गरेका छन् ।

गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नेपर्ने गरी आचारसंहिता जारी गरेको थियो । गत वैशाख १४ गते नियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २९ वैशाखमा मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>