चितवन विशेष

भरतपुर-२३ ले २३ दिनसम्म बृहत सरसफाई तथा स्वास्थ्य सेचतना कार्यक्रम गर्ने

Banner

चितवन, असोज ०४-
चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालयसंग रहेको भरतपुर महानगरपालिका वडा नम्बर २३ले बृहत सरसफाई तथा स्वास्थ्य सचेतना कार्यक्रम गर्ने भएको छ । पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ २३ दिनसम्म लगातार सरसफाई तथा स्वास्थ्य सचेतना कार्यक्रम गर्न लागिएको हो ।

मिसन २३ घुमौँ भरतपुर सन् २०२४ अन्तरगत भरतपुर वडा नम्बर २३ले सरसफाई अभियान थालेको हो । यस वडालाई पूर्ण सरसफाई युक्त बनाउने गरि अभियान थालिएको वडा अध्यक्ष दिपक दवाडीले जानकारी दिए । ‘अहिले विशेष अभियान अन्तरगत २३ दिन भनेका छौँ,’वडा ‘अध्यक्ष दवाडीले भने यो अभियान निरन्तर रुपमा आगडि बढ्छ ।’ अभियान असोज ६ गतेदेखि सञ्चालन हुनेछ । प्रत्येक दिन बिहान ७ बजेदेखि १० बजेसम्म सरसफाई अभियान सञ्चालन हुने उनले जानकारी दिए ।

फोहोरको वर्गिकरण गरी प्रत्येक टोलमा फोहोर व्यवस्थापन सम्बन्धी सचेतना जगाउने उनले बताए । ‘अहिले प्लाष्टिक, रासायनिक पदार्थको बढी प्रयोगका कारण धेरै समस्या छ,’ उनले भने‘ प्लाष्टिक र कुहिने फोहोर छुट्टाउन लगाउँछौँ । वडा भित्रै फोहोरको व्यवस्थापन गर्छौँ।’ ग्रामिण क्षेत्र भएकाले प्लाष्टिक बाहेक अन्य फोहोर व्यवस्थापन गर्न कठिन नहुने उनको तर्क छ ।

भरतपुर महानगरपालिकाले पनि एक वडा एक ल्याण्डफिल्ड साइडको अवधारणा ल्याएको छ । त्यसलाई सहयोग पुग्ने गरी काम गर्ने उनले बताए । उनले घर वरपर रासायनिक विषादीको प्रयोग गर्न प्रतिबन्ध लगाइने बताए । फोहोर व्यवस्थापनका लागि जरिवाना र पुरस्कारको व्यवस्थाको निती ल्याएको उनको भनाई छ ।

यस अभियानलाई राप्ती नदी तटिय क्षेत्र सरसफाई अभियानले पनि सहकार्य गरेको छ । फोहोरको दिगो व्यवस्थापनका लागि अभियान सञ्चालन गरिएको राप्ती नदी तटिय क्षेत्र सरसफाई अभियानका अध्यक्ष अपिल घिमिरेले जानकारी दिए । ‘निकुञ्जसंग जोडिएको वडा भएकाले फालिएका प्लाष्टिक तथा सिसाबाट वन्यजन्तु प्रभावित भएका छन् । फालिएको सिसाले गैँडाको बच्चाको खुट्टा काटेको छ । खोलामा बगाएर आएको तियारी जालमा परेर घडियाल गोही परेका छन् ।

वन्यजन्तुका दिसामा प्लाष्टिक भेटिएका छन्,’ घिमिरेले भने, ‘यहाँको फाहोरले वन्यजन्तुलाई प्रत्यक्ष असर परेको छ ।’ उनले वन्यजन्तु संरक्षणका लागि फोहोर व्यवस्थापन महत्वपूर्ण रहेको बताए । घिमिरेको नेतृत्वमा विगत ६ बर्षदेखि प्रत्येक साता राप्ती सरसफाई अभियान सञ्चालनमा छ । तर, बाढीले बगाएर ल्याउने फोहोरका कारण सरसफाईमा चुनौती रहेको उनले बताए । २३ दिनसम्म सञ्चालन हुने अभियानमा २१ वटा टोल विकाससंस्था, सामुदायिक वन तथा विद्यालय, रेडक्रस, चितवन राष्ट्रिय निकुञ्ज लगायतका संघ संस्थासंग समन्वय गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>