कृषि
चितवनमा गरिएको परीक्षणमा काक्रोमा सबैभन्दा बढी विषादी
०

चितवन, असोज ४-
चितवन जिल्लामा गरिएको फलफूल र तरकारीको विषादी परीक्षणमा सबैभन्दा बढी विषादी काक्रोमा भेटिएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार चितवनमा नै उत्पादिन काक्रो र काठमाडौँमा आएको काक्रोमा सबैभन्दा बढी विषादी भेटिएको हो ।
ज्ञान केन्द्रका प्राविधिक सहायक नवराज पण्डितले साउन र भदौं महिनामा भएका परीक्षणमा सबैभन्दा धेरै विषादी काक्रोमा भेटिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘पहिले केरामा धेरै विषादी देखिएको थियो तर अहिले काक्रोमा धेरै विषादी भेटिन थालेको छ । काक्रोका कतिपय स्याम्पललाई अत्यधिक विषादीका कारणले नष्ट नै गरिएको छ भने कतिपयलाई क्वारेन्टाइनमा पठाउनुपरेको छ ।’ काक्रो बाहेक नष्ट नै गर्नुपर्ने अवस्थामा अन्य फलफूल तथा तरकारीमा विषादी नभेटिएको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























