Breaking News

धार्मिक द्वन्द्व निम्त्याउन धर्म निरपेक्षता ल्याइएको हो: राजेन्द्र लिङ्देन

Banner

काठमाडौं, भदौं २७-

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धर्म निरपेक्षता धार्मिक द्वन्द्व निम्त्याउन ल्याइएको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै धर्म निरपेक्षताको आडमा धर्मान्तरण बढिरहेको बताए ।

उनले भने, ‘धर्म निरपेक्षता अकारण आएको थिएन । यही धार्मिक द्वन्द्व निम्त्याउनको लागि हाम्रो बीचको एकता समाप्त गर्न र हामीलाई विभाजित गर्न ल्याइएको थियो । हामीले बारम्बार यही कुरा भन्दै आइरहेका थियौं आज प्रमाणित हुँदै आइरहेको छ । त्यसैले अब हामी सबै जाग्ने बेलामा आइसकेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>