राजनीति

सुवास नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर च्यासलमा राखिने, बुधबार अन्त्येष्टि

Banner

काठमाडौँ, भदौ २६-

संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।  नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेम्वाङको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने जानकारी दिए ।

‘आज दिनभर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने छ र भोलि अन्त्येष्टि गर्ने कुरा भएको छ’, रिमालको भनाइ छ । नेम्वाङका दुवै छोरा विदेशमा भएकाले उनीहरू आएपछिमात्र अन्त्येष्टि गर्न लागिएको हो । नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरिसकेको छ । अन्त्येष्टि गरेका दिन सार्वजनिक बिदा समेत दिने सरकारले जनाएको छ ।

सोमबार राति काठमाडौँको बालुवाटारस्थित निजी निवासमा हृदयाघात भएपछि राति नै अस्पताल लैजाने क्रममा नेम्वाङको निधन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>