चितवन विशेष

आईएफबी ब्राण्डका १० नयाँ मोडलका फ्रिज सार्वजनिक

Banner

चितवन, भदौँ २४–

घरायसी सामानहरूको ब्राण्ड आईएफबीले नेपालमा पहिलोपटक विभिन्न १० ओटा मोडलका रेफ्रिजेरेटर (फ्रिज) सार्वजनिक गरेको छ । आईएफबी होम अप्लाइन्सेसको आधिकारिक वितरक साग्तानी एक्जिम प्रालिले नयाँ उत्पादन सार्वजनिक गरेको हो ।

चितवनमा आईएफबीका सामग्रीहरु शुभकामना इलेक्ट्रोनिक्स नारायणगढले विक्रीवितरण गर्दै आइरहेको छ । शुभकामना इलेक्ट्रोनिक्स नारायणगढका प्रमुख सूर्यभक्त अधिकारीले आफ्ना शोरुमबाट उत्पादित सबै नयाँ फ्रिजहरु विक्रीवितरण भइरहेको बताए । उनले मूल्यसंगै सामग्री पनि गुणस्तरीय रहेकाले ग्राहकले मन पराउनेमा विश्वास व्यक्त गरे ।

कम्पनीका अनुसार नयाँ मोडलका फ्रिजको मूल्य भने न्यूनतम ३२ हजार ९७२ देखि ७२ हजार ९०० रुपैयाँ छ । कम्पनीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष विनोद साग्तानीले आफ्ना प्रडक्ट मार्केटिङका दृष्टिकोणले फरक रहेको भन्दै ग्राहकलाई गुणस्तरीय र विश्वासिलो सेवा प्रदान गरिने बताए ।

कम्पनीले बजारमा ल्याएका फ्रिजहरूमा कपर–इन्फयुज्ड डुअल कन्ट्रोल टेक्नोलजी, ३६० डिग्री सराउण्ड कुलिङ, ७–इन १ कन्भर्टेबल, डोर अलार्म, एप–बेस्ड कन्ट्रोल, स्मार्ट लाइट डिओडोराइजर, स्मार्ट कन्ट्रोल प्यानल, एन्टी–ब्याक्टेरियल जस्ता सुविधा रहेको उल्लेख गरिएको छ ।

कम्पनीले फ्रिजमा कम्प्रेसरमा १० वर्षको वारेन्टी पनि रहेको कार्यक्रममा जानकारी दिएको छ । यस्तै नेपालभरबाट १२० भन्दा बढी डिलरको उपस्थिति थियो । भारतको निर्यात विक्री तथा मार्केटिङ प्रमुख सलाम सोनामणि सिंहले नेपालमा आईएफबी ब्राण्डका उपकरणको भविष्य राम्रो हुने दाबी गरे । आईएफबी ब्राण्ड विगत १८ वर्षदेखि नेपालमा यस्ता प्रडक्टहरू विक्री गर्दै आएको छ । वाशिङ मेसिन प्रडक्ट विक्री गर्दै आएको कम्पनीले हाल रेफ्रिजेरेटरहरूको कारोबार गर्न शुरू गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>