राजनीति

प्रधानमन्त्रीलाई सिके राउतको आग्रहः सार्वजनिक कार्यक्रममा आफ्नो हाउभाउको ख्याल राख्नूहोला

Banner

काठमाडौं,भदौ २४-

आसन्न चीन भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरूसँग सुझाव संकलन गरेका छन् । सिंहदरबारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले सुझाव मागेका हुन् ।

सुझाव दिने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतले कुनै पनि कार्यक्रममा सहभागी हुँदा आफ्नो हाउभाउ ख्याल राख्न आग्रह गरेका छन् । यस्तै उनले राष्ट्रलाई दीर्घकालमा असर पर्ने कुनै पनि निर्णय नगर्न भनेका छन् ।

हतारमा कुनै पनि काम नगर्न आग्रह गर्दै उनले भने, ‘पछि सच्याउनै नमिल्ने खालको गाह्रो काम, राष्ट्रका लागि पछि नराम्रो हुने काम नगर्नुहोला ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>