राजनीति

कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य मसँग छः शशांक कोइराला

Banner

काठमाडौं,भदौ २४-

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य आफूसँग मात्र भएको बताएका छन् । उनले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने बताए ।

नेपाल प्रेस युनियन रामेछापले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन् । उनले वर्षात सकिएलगत्तै देश दौडाहामा जाने भन्दै आम कार्यकर्ताले कांग्रेस कस्तो भएको हेर्न चाहन्छन् भनेर बुझ्ने बताए । डा कोइरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएको भन्दै कोशी प्रदेशमा सबै दलहरू मिल्नुको विकल्प नभएको पनि बताए ।

नेपालका लागि चिनियाँ राजदूतले दिएको सार्वजनिक अभिव्यक्तिको प्रसंगमा उनले त्यसलाई कूटनीतिक मर्यादाविपरीत भएको भन्दै सरकारले नोटिसमा राख्नुपर्ने बताए । कोइरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौंमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु गलत हुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>