Breaking News

चितवन कांग्रेसका नेता सापकोटाले भनेः पैसा खाएर अरबपतिलाई संसद टिकट दिने प्रवृत्ति मौलायो

Banner

चितवन, भदौं २३-

चितवन कांग्रेसका अग्रज नेता कृष्णलाल सापकोटाले कांग्रेसमा पैसा खाएर अरबपतिलाई संसदमा टिकट दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।

चितवन कांग्रेसको जिल्ला सम्मेलनमा सम्बोधन गर्दैै  पैसा खाएर टिकट खाने प्रवृत्तिले देशमा भ्रष्टचार बढेको भन्दै विद्यान परिवर्तन गरेर यो प्रवृत्ति बदल्नुपर्ने बताएका हुन् ।

सापकोटाले आफूले पैसा लगानी गरेर चुनाव जित्नको लागि पैसा लगानी गरेर क्रियाशिल सदस्य परिचालन गर्ने प्रवृत्ति मौलाएकोमा दुःख व्यक्त गरे । उनले भने, ‘विश्वेश्वर प्रसाद कोइराला र गणेशमानले राजनीतिमा लाग्दा निजी सम्पत्ति खर्च गरेका थिए । निजी सम्पति पार्टी निर्माणमा खर्च गरेका थिए । ’ आफ्नो पार्टीमा पैसा खाएर अर्काे पार्टीका उम्मेदवारलाई भोट हालेको नेता सापकोटाले बताए । उनले कस्तो नेतालाई सांसद बनाउने भन्ने विषयमा विद्यान नै परिवर्तन गर्नुपर्ने बताए । उनले भने, ‘ कांग्रेसलाई आम परिवर्तन गर्नुपर्छ । नेपाली कांग्रेस सकियो भने कम्युनिस्ट पनि सकिन्छ । ’ नेता सापकोटाले माओवादीले द्वन्द्वकालमा कांग्रेसुका नेताहरुलाई आक्रमण गरेको तर सत्तामा जानुछ भनेर नेताहरु तिनैसँग गठजोड गरेको बताए । सापकोटाले भने, ‘ म बाँचेसम्म कांग्रेसमा गलत प्रवृत्ति मौलाउन दिनेछैन । शेखर कोइराला भविष्यमा सभापति बन्ने हो भने पार्टीका कमीकमजोरीहरु सबै बदल्न तयार हुनुपर्छ ।’

कांग्रेस चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठले कसैसँग अब कांग्रेसले गठबन्धन गर्न नहुने बताए । उनले तल्लो तहदेखि सबै एक भएर अगाडि बढे कसैसँग गठबन्धन गर्नुनपर्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>