देश/प्रदेश
आफूसँग सवाल-जवाफ गरेको भन्दै मेयर साम्पाङले थुनाए एक युवकलाई
०

धरान, भदौ २३-
धरान उपमहानगरका मेयर हर्क साम्पाङले आफूसँग सवालजवाफ गर्ने युवकलाई प्रहरी हिरासतमा थुनाएका छन् ।
शुक्रबार धरान–१५ मा लागूऔषध सचेतना अभियान सञ्चालन गरिरहेका बेला आफूसँग तर्क वितर्क गरेपछि मेयर साम्पाङले स्थानीय अशोक लिम्बूलाई प्रहरी लगाएर थुनाएका हुन्।
नगर प्रहरी लगाएर पक्राउ गरिएका लिम्बूलाई अहिले इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ। तर, उनीविरुद्ध कुनै खालको उजुरी भने नपरेको प्रहरीले जनाएको छ।
उनले नगरमा डेंगीले मान्छे मरिरहेका बेला अर्कै अभियान सञ्चालन गरिरहेको भनेर मेयर साम्पाङको आलोचना गरेका थिए। त्यस क्रममा दुई जनाबीच भनाभन भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























