राजनीति

कांग्रेस प्रदेश सांसदले दिए डीएसपीलाई मार्ने धम्की

Banner

ताप्लेजुङ, भदौ २३-

नेपाली कांग्रेसका नेता एवं प्रदेश सांसदले सार्वजनिक रूपमा डीएसपीलाई मार्ने धम्की दिएका छन्।

कांग्रेस नेता एवं कोशी प्रदेशसभाका सदस्य खगेनसिंह हाङगामले ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बूलाई मार्ने धम्की दिएका हुन्।

‘अबको कुनै बेला पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने कहाँ बस्छस् ? कहाँ लुक्छस् ? के खान्छस् ? कस्तो लुगा लाउँछस् ? तेरो बाउ आमा कहाँ छ ? तेरो छोराछोरी कहाँ छ’, सार्वजनिक भिडिओमा उनले भनेका छन्, ‘त्यो पनि पत्ता लाएर हामी मार्छौं।’

कांग्रेसनिकट तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार ताप्लेजुङ प्रहरीविरुद्ध गरेको प्रदर्शन कार्यक्रमका क्रममा डीएसपी लिम्बूसहित उनको परिवारका सबै सदस्य मार्ने धम्की दिएका हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>