राजनीति

कोशीमा पटक-पटक सरकार फेरिनुपर्ने कारण निर्वाचन प्रणाली होः माधव नेपाल

Banner

काठमाडौं,भदौ २३-

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा समस्या पर्दा आफ्नो पार्टीलाई खोज्ने गरेको बताएका छन् । पार्टीनिकट ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले देशमा समस्या पर्दा आफ्नो पार्टीलाई खोज्ने गरेको बताएका हुन् ।

नेपालले अहिले कोशी प्रदेशको विषयलाई लिएर पनि आफ्नो पार्टीलाई मिलेर अघि बढौं भन्न थालिएको बताए । आफ्नो पार्टीसँग व्यक्तित्व र इतिहासको धरोहर भएको दाबी गर्दै अध्यक्ष नेपालले पार्टीप्रति भरोसा बढेको बताए । मदन भण्डारीको जबजको विषय उल्लेख गर्दै कम्पिटीसनलाई आत्मसात गरेर अघि बढ्ने कुरा कहिल्यै पुरानो नहुने उनले तर्क गरे ।

उनले कोशीको प्रसंगमा थप्दै पटक-पटक सरकार फेरिनुपर्ने कारणमा निर्वाचन प्रणाली भएको बताए ।

‘कोशीमा यसबीचमा कतिवटा सरकार बनिसक्यो? पहिले एक मुख्यमन्त्री थिए । उनले राजीनामा दिए । फेरि अर्को मुख्मन्त्री भए । अब कहिलेसम्म यस्तो चल्ने हो थाहा छैन ।’, उनले भने, ‘किन यस्तो भइरहेको छ ? किनकी निर्वाचन प्रणाली हो । बराबर मत हुने भएपछि यस्तो अवस्था आइरहेको छ । यस्तो जटिल अवस्थामा दुई वटा समाधान छन् कि मिलेर जानु कि निर्वाचनमा जाने ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>