राजनीति
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
०

जनकपुरधाम,भदौ २१-
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा खुकुरी प्रहार गरिएको घटनाको विरोधमा जनकपुरधाममा आन्दोलन सुरु भएको छ । नेपाल विद्यार्थी संघले जनकपुरधामको रामानन्द चोकमा टायर बालेर प्रदर्शन गरेको हो ।
विद्यार्थीहरूले महामन्त्री यादवमाथि खुकुरी प्रहार गर्नेलाई कारबाहीको माग गर्दै सडकमा टायर बालेपछि सवारी साधन समेत अवरुद्ध भएको छ ।
खुकुरी प्रहार गर्ने अपराधीलाई कडा कारबाही गर, गृहमन्त्री मुर्दावाद, लोकतन्त्र विरोधी होसियार जस्ता नारा आन्दोलनमा उत्रेका विद्यार्थीहरूले लगाएका छन् । बुधवार कांग्रेसको सहमहामन्त्री यादवमाथि एक युवकले खुकुरी प्रहार भएका थिए । ट्रमा सेन्टरको आइसियूमा उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























