राजनीति

प्रधानमन्त्री प्रचण्डले अस्पताल पुगेर भेटे उपप्रधानमन्त्री खड्कालाई

Banner

काठमाडौं, भदौ २०-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई भेटेका छन्। छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर बुधबार दिउँसो प्रधानमन्त्री दाहालले खड्कालाई भेटेका हुन्।

उपप्रधानमन्त्री खड्काका प्रेस सल्लाहकार डिपी उपाध्यायका अनुसार प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

खड्काको गत भदौ १३ गते बुधबार पोस्टेटको शल्यक्रिया गरिएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>