राजनीति
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारबाट सांघातिक आक्रमण
०

काठमाडौं,भदौ २०-
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि एकजना व्यक्तिले धारिलो हतियारले सांघातिक आक्रमण गरेका छन् ।रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि आक्रमण भएको हो ।
न्युज एजेन्सी नेपालका अनुसार यादव कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटा भन्ने व्यक्तिले आक्रमण गरेका थिए । सहमहामन्त्री यादवलाई अहिले ट्रमा सेन्टरमा लगिएको छ । भृकुटीमण्डपमा रिपोर्टर्स क्लवको कार्यक्रमबाट बाहिरिने क्रममा एक व्यक्तिले खुकुरी प्रहार गरेको क्लबका सचिव ईश्वर कार्कीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























