राजनीति
बागमती प्रदेशसभा बैठक पुनः स्थगित
०

मनहरि,भदौ २०-
आजको लागि तय गरिएको बागमती प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।
यसअघि गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि बस्ने तय गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























