राजनीति

राष्ट्रिय मान्यता प्राप्त दलहरूको आम्दानी र खर्च हेर्न आवश्यक छः सांसद भट्टराई

Banner

काठमाडौँ,भदौ १९-

नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूको पनि आर्थिक पारदर्शिता हेर्नुपर्ने बताएका छन् । मंगलवार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै राष्ट्रिय मान्यता प्राप्त दलहरूको आम्दानी र खर्च हेर्न आवश्यक रहेको बताएका हुन् ।

उनले राजनीतिक दलसम्बन्धी ऐनमा नै व्यवस्था गरेर राजनीतिक दलहरूको आर्थिक गतिविधिको अध्ययन र छानबिन गरी राजनीतिक पार्टीहरूलाई पारदर्शी र जबाफदेही बन्नुपर्ने बताए । समितिले दलको खर्चको स्रोत ,पार्टी सञ्चालन खर्च हेर्नुपर्ने बताए ।

भट्टराईले दलबाट मन्त्री बनेकाहरूको मन्त्रालयको बेरुजु सम्बन्धित दलमा पठाउनुपर्ने र पुनः मन्त्री बन्नेरनबन्ने, टिकट दिनेरनदिने सम्बन्धित दलले निर्णय गर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>