राजनीति

बालेनले सरकारलाई ‘चोर’ भनेको शतप्रतिशत सही छ: एमालेकी सांसद अग्रहरी

Banner

काठमाडौं,भदौ १९-

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद अमृतादेवी अग्रहरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बाले)ले संघ सरकारलाई लगाएको आरोप सही भएको बताएकी छन् । गएको शनिबार राति मेयर बालेनले सामाजिक सञ्जालमा केन्द्र सरकारलाई ‘चोर’को संज्ञा दिएका थिए । सांसद अग्रहरीले बालेनको सोही भनाइको समर्थन गरेकी हुन् ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा उनले ‘बालेनले चोर भनेको शतप्रतिशत सही’ रहेको बताइन् । विमानस्थलबाट ठूलो परिमाणमा अवैध सुन भित्र्याइएको विषयलाई उनले त्यसको उदाहरणका रूपमा प्रस्तुत गरिन् ।

“बालेनले चोर भनेको कुरा शतप्रतिशत सही छ, किनभने विमानस्थलबाट १०० किलो सुन छिर्छ,” सांसद अग्रहरीले समिति बैठकमा भनिन्, “जनता मारमा परेका छन्, तर सरकारलाई चासो छैन ।”

मेयर बालेनले सोही स्ट्याटसमार्फत ‘सिंहदरबारमा आगो लगाइदिने’ धम्की समेत दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>