क्रिकेट

वर्षाका कारण नेपाल र भारतबीचको खेल फेरी अवरुद्ध

Banner

चितवन, भदौ १८-

एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल वर्षाले अबरुद्ध भएको छ। श्रीलंकाको पल्लेकेले मैदानमा जारी खेलमा नेपालले दिएको लक्ष्यको भारतले जवाफि ब्याटिङ गरिरहदा खेल वर्षाले अबरुद्ध भएको हो।
भारतले नेपालले दिएको २३१ रनको विजयी लक्ष्य पछ्याएको छ । भारतले २ दशमलव १ ओभारमा १७ रन बनाएको समयमा पानी गरेको हो । अहिले भारतका शुभम् गील १२ र रोहित शर्मा ४ रन बनाएर क्रिजमा छन् । भारतले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४८ दशमलव २ ओभरमा सवै विकेट गुमाएर २३० रन बनाउन सक्यो ।

एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए । अलराउण्डर सोमपाल कामीले महत्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे । ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए । भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>