चितवन विशेष

माडीमा बाढीबाट बिस्थापित भएका स्थानीयलाई चार वटा शौचालय हस्तान्तरण

Banner

चितवन, भदौ १७-

रोटरी क्लब अफ नारायणी मिड टाउनले चार वटा शैचालय हस्तान्तरण गरेको छ ।

रोटरी क्लबले शनिबार माडी नगरपालिका–३ स्थित पवाडी टोलका स्थानीयलाई शौंचालय हस्तान्तरण गरेको हो ।

रोटरी क्लबले शौंचालयसँगै स्थानीय स्वास्थ्यलाई मध्यनजर गर्दे दाँत माझ्ने ब्रस, मञ्जन, नुहाउने साबुन, शौंचालय सफा गर्ने ब्रस र हर्पिक हस्तान्तरण गरेको छ ।

बाढीबाट बिस्थापित भएका स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै आफ्नै आर्थिक कोषबाट निर्माण गरिएको उक्त शौंचालयलाई रोटरी क्लबका अध्यक्ष अर्पण प्रधानले तीन नम्बर वडाको वडाध्यक्षको उपस्थितिमा हस्तान्तरण गरेका हुन् । रोटरी क्लबले हस्तान्तरण गरेको उक्त शौंचालय पवाडी टोलका ४० घरधुरीका १५० जनाले प्रयोग गर्न पाउने र स्वस्थ जीवन यापन गर्न पाउने क्लबका अध्यक्ष प्रधानले जानकारी दिए । साथै उक्त कार्यक्रमकाबीच उनले महिलालाई महिनावारीमा विभिन्न संक्रमण हुन सक्ने भन्दै महिनावारीसम्बन्धी सचेतना समेत गराएका थिए ।

त्यस्तै सोही कार्यक्रममा स्थानीयलाई डा.अच्चुत पोख्रेलले कुष्ठरोग सम्बन्धी र डा. पूजा कोइराला पोख्रेलले दाँत तथा मुखको स्वास्थ्यसम्बन्धी जानकारी दिएका थिए । कार्यक्रममा पवाडी टोलका ११० जना स्थानीय र १५ जना रोटरियनको उपस्थिति थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>