क्रिकेट

बंगलादेशमाथि श्रीलंकाको सहज जित

Banner

काठमाडौं, भदौ १४-
एसिया कप २०२३ मा सह-आयोजक श्रीलंकाले विजयी सुरूवात गरेको छ। बिहीबार पल्लेकेलेमा भएको खेलमा घरेलु टिम श्रीलंकाले बंगलादेशलाई समूह ‘बी’ को खेलमा ५ विकेटले पराजित गर्‍यो।

बंगलादेशले दिएको १६५ रनको लक्ष्य श्रीलंकाले ५ विकेटको क्षतिमा ३९ ओभरमा पूरा गर्‍यो। श्रीलंकाको जितमा चरिथ असलंका र सदीरा समराविक्रमाले अर्धशतक प्रहार गरे। समराविक्रमले ५४ रन जोड्दा असलंकाले नटआउट ६२ रन बनाए। डसुन शनकाले नटआउट १४ रनको योगदान गरे।

बलिङमा बंगलादेशका सकिब अल हसनले २ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश ४२.४ ओभरमा १६४ रनमै अलआउट भयो। बंगलादेशका लागि नजमुल हुसेन शान्तोले ८९ रन जोडे। उनले १२२ बलमा ७ चौका हिर्काएका थिए। तोहिद हृदोयले २० रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा श्रीलंकाका मथीशा पाथिरानाले ४ विकेट लिन सफल भए। प्रतियोगितामा अब समूह ‘ए’ को खेलमा शनिबार भारत र पाकिस्तानबीच खेल हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>