चितवन विशेष

प्रहरी स्कुल भरतपुर शान्तिपुरमा आँखा शिविर, ५२० जनाको आँखा परीक्षण

Banner

चितवन,भदौं १४-

नेपाल प्रहरी स्कुल शान्तिपुरमा भएको आँखा शिविरमा ५२० जना विद्यार्थीको आँखा परीक्षण भएको छ ।

बुधबार भएको शिविरमा विद्यालयका कक्षा एक देखि कक्षा नौ सम्मका विद्यार्थीको आँखा चेकजाँच गरिएको हो ।

भरतपुर आँखा अस्पतालका नेत्र सहायक सुबास सापकोटा र उनको टिमले आँखा चेक जाँच गरेका थिए । चेकजाँच गर्ने क्रममा समस्या देखिएका विद्यार्थीलाई औषधि तथा चस्मा पनि बितरण गरिएको थियोे ।

विद्यालयले आफ्नो उत्तरदायित्व बहन गर्दै समय समयमा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै आइरहेको छ । विद्यालयका प्राचार्य मुकुन्द गिरीले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्दे विद्यालयले विद्यार्थीको मानसिक साथै शारीरिक स्वास्थ्यमा पनि विचार पु¥याउँदै रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नै नदिनु उत्तम उपाय भएको कुरा मनन गर्दै विद्यार्थीको स्वास्थ जाँचका कार्यक्रम सञ्चालन गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>