क्रिकेट

पाकिस्तान विरुद्ध नेपालको कमजोर शुरुवात, दोश्रो ओभरमै तीन विकेट गयो

Banner

काठमाडौँ, भदौ १३-

एसिया कप क्रिकेटमा पाकिस्तान विरुद्धको खेलमा नेपालले तीन विकेट गुमाएको छ।

३४३ रनको विशाल लक्ष्य सहित मैदानमा उत्रेको नेपालले पहिलो ओभरको पाँचौ बलमा कुसल भुर्तेल आउट भएका हुन ।

उनी ४ बलमा २ चौक्का सहित १० रन बनाएर आउट भएका हुन । त्यसैगरी कप्तान रोहित पौडेल पहिलो बलमै आउट भए । दुवै जनालाई पाकिस्तानका सहिन शाह अफ्रिदीले आउट गरेका हुन । तेश्रो विकेटकको रुपमा आसिफ शेख ५ रन बनाएर आउट भए । तेश्रो विकेट गुमाउँदा नेपालले जम्मा १४ रन मात्र बनाउन सकेको छ।नसीम शाहले एक विकेट लिए । ताजास्थीतीमा नेपालले ४ ओभरमा ३ विकेट गुमाएर २२ रन बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>