क्रिकेट

पाकिस्तानले गर्यो नेपालसँग खेल्ने ११ खेलाडि सार्वजनिक

Banner

काठमाडौं, भदौ १२-
एसिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपालविरुद्ध उत्रने पाकिस्तानी टोलीको टुंगो लागेको छ । पाकिस्तानले मंगलबार प्लेइङ–११ सार्वजनिक गरेको छ ।

बाबर आजमको कप्तानीमा रहेको टोलीमा मोहम्मद रिजवान, फखर जमान, इमाम उल हक,आघा सलमान र इफ्तिखर अहमद छन् । यस्तै सदाब खान, मोहम्मद नवाज, नसिम शाह, ह्यारिस रौफ र साहिन शाह अफ्रिदी पनि प्लेइङ–११ मा छन् ।

पाकिस्तानले सबै पहिलो रोजाईका खेलाडीलाई उतार्न लागेको हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र पाकिस्तान पहिलोपटक भिड्न लागेका हुन् । नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>