Uncategorized

नेपाली खेलाडीसँग हार्दिकता साट्दै रिजवान

Banner

काठमाडौं,भदौ ११-

पाकिस्तानी क्रिकेट टीमका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले एसिया कप खेल्न गएको नेपाली टीमलाई भेटेका छन् । नेपाली टीम बसेको होटलमा पुगेर उनले खेलाडीहरुलाई शुभकामना दिए ।

सो कुराकानीको सानो भिडिओ क्लिप पाकिस्तान क्रिकेट टीमको फेसबुक पेजमा राखिएको छ । भिडियोमा नेपालका सोमपाल कामी र कुशल मल्लसँग रिजवानले हार्दिकतापूर्वक कुराकानी गरेको देखिएको छ । ‘तिमीहरुले (एसिया कपमा) डिजर्भ गर्छौं’, रिजवानले भने, ‘केही कुराको जरुरत पर्‍यो भने हामीलाई भन्नू ।’ उनले आफू नेपाल आएको र नेपालको क्रिकेटलाई पछ्याइरहेको समेत बताए । उनले कुशल मल्ललाई जिस्काउँदै सोधे, ‘म्याचमा मेरो हेल्प चाहिन्छ ?’ कुशलले हाँस्दै ‘नो’ भन्छन् । रिजवान पनि हाँस्छन् र भन्छन्, ‘डन्ट टेल मि ।’

नेपाल र नेपाली क्रिकेटरलाई माया गर्ने पाकिस्तानी खेलाडी हुन् रिजवान । उनी केही समयअघि सन्दीप लामिछानेलाई भेट्न नेपालमै आएका थिए । नेपाल र पाकिस्तानबीच बुधबार एसिया कपको उद्घाटन खेल मुल्तानमा हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>