चितवन विशेष

बालकुमारी कलेजमा कोटामा लेनदेन भएको विषय आपत्तिजनक भएको भन्दै छानबिन गर्न कोइरालाको माग

Banner

चितवन, भदौं ७-

नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले नारायणगढको बालकुमारी कलेजमा कोटामा लेनदेन भएको विषय आपत्तिजनक भएको भन्दै छानबिन गर्नुपर्ने बताएका छन् । कोइरालाले आज एक विज्ञप्ति प्रेषित गर्दै बालकुमारी कलेजमा भर्ना हुन विभिन्न कोटा हुन्छ भन्ने बारेमा छानबिन हुनुपर्ने बताएका हुन् ।बुधबार बालकुमारी कलेजको नर्सिङ भवनको विवादको बिषयमा सार्वजनिक रुपमा एक स्थानियले कोइरालाको कोटामा एक व्यक्तिलाई पैसा दिएको आरोप लगाएका थिए । सो कुराको खण्डन गर्दै नेता कोइरालाले विज्ञप्ती निकालेका हुन् ।

विज्ञप्तिमा उनले आफ्नो नाममा कुनै कोटा नभएको र कोटामा लेनदेन पनि नभएको स्पष्ट पारेका छन् । कोइरालाले यसबारेमा जरासम्म छानबिन हुनुपर्छ भन्दै कोटा छुट्याउनेहरु, कोटा पाउनेहरु, कोटामा लेनदेन गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउपर्ने विज्ञप्तिमार्फत् माग गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘जहाँसम्म मेरो नाम उच्चारण गरिएको विषय छ, म क्लिन छु । मेरो नाम कसैले दुरुपयोग गर्छ भने मैले सहने कुरै आउँदैन । मैले यसका लागि कानुनी उपचारमा समेत जानुपर्ने सम्बन्धित सबैलाई चेतावनी दिन चाहन्छु । सदाचारिता, पारदर्शिता, आर्थिक र नैतिक मामिलामा म कहिले पनि चुकेको छैन र भविष्यमा पनि चुक्ने छैन ।’

कोइरालाले विज्ञप्तिमा बालकुमारीका विद्यार्थीको भविष्यमा खेलवाड गर्न नहुने भन्दै विद्यार्थीको भविष्यको सुनिश्चितताका लागि सबै मिलेर ठोस कदम चाल्नुपर्ने बेला आएको बताएका छन् । उनले भनेका छन्, ‘शिक्षाको मन्दिरमा पापी काम कसैले गर्छ भने त्यो क्षम्य हुन सक्दैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>