चितवन विशेष

भरतपुर–१५ गाविस चोकमा सञ्चालित चार दिने उद्घोषण तालिम सकियो

Banner

चितवन, भदौं ६-

भरतपुर महानगरपालिका–१५ को गाविस चोकमा स्थानीय महिलाहरुलाई चार दिने निःशुल्क उद्घोषण तालिम दिइएको छ ।

महिलाहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले दया आमा समूहले सो उद्घोषण तालिम दिएको हो ।

तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको बागमती प्रदेशकी पूर्वसांसद रीना गुरुङले एक कार्यक्रमबीच आज समापन गरेकी छन् । उनले तालिममा सहभागी महिलाहरुलाई प्रमाणपत्र बितरण गरेकी थिइन् । कार्यक्रममा बोल्दै गुरुङले महिलाहरु पनि अग्रसर भएर सामाजिक विकासमा अगाडि बढ्नुपर्ने विचार राखिन् ।

तालिममा प्रशिक्षक डा बसन्त अधिकारी, चुडामणि सापकोटा र स्मृत्ति खतिवडाले प्रशिक्षण दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी भरतपुर महानगरका सचिव सुलभ सिग्देलले नारायणी अनलाइनलाई जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>