चितवन विशेष
चितवनमा डेँगु संक्रमितको संख्या ११२ पुग्यो, बिगत २४ घण्टामा चार जना थपिए
०

चितवन, भदौं ३–
चितवनमा डेँगु संक्रमितको संख्या ११२ जना पुगेको छ ।
बिगत २४ घण्टामा चार जना नयाँ संक्रमित थपिएसँगै डेँगु संक्रमितको संख्या ११२ पुगेको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनमा भेटिएका संक्रमितमध्ये चितवनका ६३ जना, ठेगाना नखुलेको ११ जना र अन्य जिल्लाबाट आएका ३८ जना छन् । बिगत २४ घण्टामा भरतपुरका तीन जना र अन्य जिल्लाका एक जना गरी चार जनामा संक्रमण देखिएको छ । साउन १ गतेदेखि भदौं ३ गतेसम्म एक हजार २२० जनाको डेँगु परीक्षण गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















