घटना -दुर्घटना

टिकौंली दुर्घटना गराउने बस चालकलाई कारबाही गर्न चितवनका प्रदेश सांसद खनालको माग

Banner

चितवन, साउन ३१-

चितवनबाट निर्वाचित बागमती प्रदेशका सांसद कृष्णप्रसाद खनालले टिकौली दुर्घटनाका दोषीलाई कारबाहीको माग गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै खनालले रत्ननगरबाट शव लिएर दाहसंस्कारको लागि देवघाट आउँदै गरेको बोलेरो गाडी र सातवटा मोटरसाइकललाई अक्सफोर्ड कलेजको बसले ठक्कर दिँदा दुई दर्जन घाइते भएको भन्दै सो दुर्घटना गराउने बसको चालकलाई कारबाहीको माग गरेका हुन् ।

सांसद खनालले विज्ञप्तिमा अक्सफोर्ड कलेजको बस चालकको गम्भीर लापरवाहीले सो भयानक दुर्घटना भएको भन्दै घाइतेहरुको उपचारमा ध्यान दिन सरोकारवालाहरुको गम्भीर ध्यानाकर्षण गराएका छन् । त्यसैगरी उनले दुर्घटना पश्चात घाइतेहरुलाई अस्पताल लैजान सहयोग गर्ने सबैलाई विज्ञप्तिमार्फत् धन्यवाद पनि दिएका छन् ।

सांसद खनालले भनेका छन्, ‘ घाइतेहरुको उपचारमा आवश्यक ध्यान दिन भरतपुर अस्पताल, पुरानो र नयाँ मेडिकल कलेजलाई विशेष अनुरोध गर्दै पीडित पक्षलाई आवश्यक राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा दोषी सवारी चालकलाई कारबाही गर्न प्रहरी प्रशासनको ध्यानाकर्षण गर्दछु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>