चितवन विशेष

सार्वजनिक सवारीको भाडा सात प्रतिशत बढ्यो, नारायणगढबाट कहाँ जान कति भाडा ?

Banner

चितवन, साउन ३१–

अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर ७ प्रतिशतसम्मले बढेको छ ।

यातायात व्यवस्था विभागले इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा भाडादर समायोजन गरेको हो।

विभागले अन्तर प्रदेशमा सञ्चालन हुने यात्रुवाहक सवारीको भाडादर ४.७० प्रतिशत बढाएको छ । यस्तै विभागले पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको हकमा ६.१५ प्रतिशत भाडादर बढाएको छ ।

यसैगरी तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको हकमा ६.८३ प्रतिशतसम्म भाडा दर बढाइएको विभागले जनाएको छ ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य पाँच प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था छ । त्यही व्यवस्था अनुसार विभागले भाडादर बढाएको हो । यो बढाइएको भाडादर अन्तर प्रदेश रुटमा मात्र लागू हुनेछ । प्रदेशहरुको हकमा भने प्रदेश सरकार आफूले भाडादर तोक्न पाउने छन् ।

नारायणगढबाट कहाँ जादा कति भाडा ?

नारायणगढबाट कृष्णनगर जादा ५८३ रुपैयाँ, नारायणगढ–बेशिशहर ३५० रुपैयाँ, नारायणगढ–कावासोती १०३ रुपैयाँ, नारायणगढ –भैरहवा ४०५ रुपैयाँ भएको छ । त्यसैगरी नयाँ भाडादर अनुसार नारायणगढ– वालिङ ६३४ रुपैयाँ, नारायणगढ–काँकडभिट्टा १२७६ रुपैयाँ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>