Breaking News
नारायणगढ-मुग्लिन सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सडक डिभिजन भरतपुरको आग्रह
०

चितवन, साउन २७-
सडक डिभिजन कार्यालय भरतपुरले बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
पानी परिरहेकाले सडकको अवस्था बुझेर सुरक्षित यात्रा गर्न सो कार्यालयले अनुरोध गरेको हो ।
कार्यालयका अनुसार अहिले मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन नियमित रूपमा सञ्चालनमा छन् । ‘मुग्लिन नारायणगढ सडक यातायात सञ्चालनमा रहेको जानकारी गराउँछौँ । पानी परिरहेकोले सडकको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध छ’ कार्यालयले शनिबार जारी गरेको सूचनामा उल्लेख छ ।
वर्षा सुरु भएसँगै सडकमा निरन्तर पहिरो खसिरहेकोले सडक डिभिजनले नागरिकलाई सचेत गराएको हो । चितवनमा निरन्तर झरी परिरहेकोले पनि सडकमा जुनकुनै बेला पहिरो खस्न सक्ने त्रास रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















