समाचार

चर्को आलोचनापछि आरके अदिप्तको मुद्दा फिर्ता लिने

Banner

पर्वत, साउन २४-
जिल्ला प्रहरी कार्यालय पर्वतबाट पक्राउ पूर्जी जारी भएका आरके अदिप्त गिरी र पर्वतका पत्रकारहरुबीच सहमति भएको छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको रोहोबरमा उनीहरु सहमति भएको हो । सहमतिअनुसार आरके अदिप्त गिरीविरुद्धको मुद्दा बिहीबार फिर्ता लिने सहमति भएको पत्रकार महासंघ गण्डकी प्रदेश समितिका एक पदाधिकारीले बताए ।

पत्रकार पत्रकार भिड्नु हुदैन भनेर प्रदेश समितिको रोहवरमा दुबै पक्षलाई छलफल गराईएको थियो । सो सहमति अनुसार भोलि मुद्दा फिर्ता लिने सहमति भएको पत्रकार महासंघ गण्डकी प्रदेशले जानकारी दिएको छ । पत्रकारविरूद्ध फेसबुकमा स्टाटस लेखेको आरोपमा पर्वतका लेखक तथा अभियन्ता गिरीविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>