कालिका

शक्तिखोर स्वास्थ्य चौकी बन्यो कालिका नगरपालिकाको उत्कृष्ट स्वास्थ्य संस्था

Banner

चितवन, साउन २४-

कालिका नगरपालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाहरु मध्ये शक्तिखोर स्वास्थ्य चौकी नगरकै उत्कृष्ट स्वास्थ्य चौकी बन्न सफल भएको छ ।
आर्थिक वर्ष २०७९ \०८० मा कालिका नगरपालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड मापनगर्दा सबैभन्दा उत्कृष्ट स्वास्थ्य चौकीको रुपमा शक्तिखोर स्वास्थ्य चौकी पर्न सफल भएको हो ।

कालिका नगरपालिकाको वडा नं. ७ मा मंगलबार गरिएको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्य संस्था सम्मान र नगर प्रमुख विपन्न स्वास्थ्य बिमा कार्यक्रमको अभिमुखीकरण कार्यक्रममा शक्तिखोर स्वास्थ्य चौकीलाई सम्मान पत्रले सम्मान गरिएको हो ।

कार्यक्रममा कालिका नगरपालिकाले नगरक्षेत्रभित्रका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई एकएक थान मोबाइल र सिम कार्ड निःशुल्क वितरण गरेको छ । नगरक्षेत्रभित्र रहेका स्वाथ्य स्वय्सेविकाहरुले आवश्यकताका आधारमा छिटो र सहज तरिकाले स्वास्थ्य शाखादेखि सेवाग्राहीसँग सञ्चारगर्न सकोस् भनेर मोबाइल सेटसहित सिम कार्ड बितरण गरिएको कालिका नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए ।

यस्तै ज्येष्ठ नागरिकको घरघरमा गएर उपचारगर्ने सेवालाई प्रभावकारी बनाउन आवश्यक स्वास्थ्य सामग्री स्वास्थ्य संस्थाका प्रमुखहरुलाई वितरण गरिएको छ । नगरक्षेत्रभित्र रहेका प्रत्येक स्वास्थ्य संस्थाका प्रमुखलाई उपचार गर्न आवश्यक सामग्री वितरण गरिएको हो । नगरपालिकाले गतवर्षदेखि नगरक्षेत्रभित्रका ज्येष्ठ नागरिकहरुको घरघरमै पुगेर स्वास्थ्य उपचार गर्दै आएको छ । यसलाई निरन्तरता दिन र दिइने सेवालाई अझै प्रभावकारी बनाउन आवश्यक स्वास्थ्य सामग्री सम्बन्धित वडाका स्वास्थ्य शाखाका लागि बितरण गरिएको हो । कालिका नगररक्षेत्र भित्र ११ वटा स्वास्थ्य शाखाहरु छन् ।

नगरक्षेत्रभित्रका सबै स्वास्थ्य शाखा प्रमुख र महिला स्वास्थ्य स्वय्मसेविकाहरुको सहभागिता रहेको कार्यक्रममा नगर प्रमुख बिपन्न स्वास्थ्य बिमा कार्यक्रमको बारेमा जानकारी गराइएको थियो ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख बिमला तमाङ र नगरका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायको सहभागिता रहेको थियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>