चितवन विशेष

भरतपुर भ्रमण वर्ष सफल बनाउन एक दर्जन कार्यशाला गरिने, अर्थतन्त्र चलायमान हुने आशा

Banner

चितवन, साउन २४-

भरतपुर भ्रमण वर्ष–२०२४ को अवसरमा विभिन्न विषयका करिब १२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यशाला तथा गोष्ठी आयोजना हुने भएका छन् ।

भरतपुर भ्रमण वर्ष–२०२४ अन्तरगर्तको आज भरतपुर महानगरपालिका पर्यटन शाखामा बसेको गोष्ठी तथा सेमिनार व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

‘घुमौं भरतपुर’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको भ्रमण वर्षको अवसरमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, प्रर्यापर्यटन, खेलकुद, साहसिक खेल, र्याफटिङ, लगानी भरतपुर, भरतपुर विविधताको भूमिलगायतका विविध विषयमा सेमिनारहरुको आयोजना गरिने गोष्ठी तथा सेमिनार व्यवस्थापन समितिका संयोजक एवम् उद्योग वाणिज्य संघ–चितवनकाउपाध्यक्ष राजेन्द्र ओलीले बताए ।

समितिको पहिलो बैठकमा आ–आफ्नो मन्तब्य दिँदै समितिका सदस्यले सबैभन्दा पहिला भरतपुरमा पर्यटन केका लागि आउने भन्ने विषयमा निक्र्याैल गरी प्रचारप्रसार गरिनु पर्ने बताउँदै लक्षित वर्ग छनौट गर्नुपर्ने बताएका थिए । छलफल कार्यक्रममा समितिका सदस्य एवम् प्राध्यापक डा. कपिलदेव सुवेदी, प्राध्यापक सूर्यनारायण पौडेल, उद्यमी युगराज वस्ती, व्यवसायी निरञ्जन प्रधान, सदस्य कृष्णहरि सुवेदी, विशाल भट्टराई, प्राध्यापक सरोज सापकोटालगायतले आफ्नो राय सुझाव दिएका थिए ।

सोही छलफल कार्यक्रममा पर्यटविद् डा. विश्वराज सुवेदीले भरतपुर महानगरले छिट्टैनै कार्यक्रमको वार्षिक क्यालेन्डर तयार गर्न लागेको बताउँदै समितिलाई कार्ययोजना तय गर्न अनुरोध गरे । एक वर्षसम्म विविधकार्यक्रमसहित आयोजना गर्न लागिएको भरतपुर भ्रमण वर्ष २०२४ को प्रचारप्रसार तथा यस क्षेत्रको पहिचान दिने खालका सेमिनारहरु चितवन, पोखरा, लुम्बिनी र छिमेकी मूलुकका प्रमुख शहरहरुमा समेत आयोजना गर्ने बारेमा छलफल भएको समितिका सदस्य–सचिव एवम् उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।

छलफल कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संयोजक राजेन्द्र ओलीले सुस्ताएको अर्थतन्त्रलाई चलायमान गराउनमा भ्रमण वर्ष कोसेढुंगाको रुपमा स्थापितहुने बताउँदै सबै तह र तप्काकाले कार्यक्रमलाई सफल पार्न अनुरोध गरेका थिए । संयोजक ओलीको अध्यक्षतामा भएको छलफल कार्यक्रममा भरतपुर महानगरपालिका पर्यटन शाखा प्रमुख रामबाबु पौडेल, शाखाका कर्मचारी, विभिन्न क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो । समितिले आगामी बैठकमा वर्षभरि आयोजनाहुने कार्यशालाको विवरण पेस गरी आवश्यक तयारी गर्ने निर्णय गरेको सदस्य सचिव केसीले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>