देश/प्रदेश

दर्जनौ राष्ट्रिय कलाकार अभिनित स्वदेश गान ‘नेपाली भै बाँच्न’ को भिडियो सार्वजनिक

Banner

चितवन, साउन १६

व्यवसायिक गीत, संगीतहरुको बजारमा यतिखेर चर्चित गाएक डिजराज पौडेलको शब्द ,स्वर र संगीतमा नेपालीहरुमा नेपालीत्व झल्काउने राष्ट्रिय गीत ‘नेपाली भै बाँच्न’को भिडियो सार्बजनिक भएको छ ।

एनबी चाम्लिङले संगीत संयोजन गरेको उक्त राष्ट्रिय गीतको म्युजिक भिडियोमा चर्चित कलाकारहरु नबल खड्का, मोहन निरौला, सुरबिर पण्डित, रामचन्द्र थापा, मुकुन्द थापा, शितल केसी, सुरेन्द्र खड्कालगायत दुई दर्जन बढी राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेको निर्माण पक्षले जानकारी गराएको छ ।

म्युजिक नेपालले भर्खरै सार्वजनिक गरेको उक्त गीतको भिडियोलाई युबराज खत्रीको छायांकन÷सम्पादन र घनश्याम तिमल्सिनाले निर्देशन गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>