देश/प्रदेश

पेट्रोल र डिजेलको मूल्य १० रुपैयाँसम्म बढ्ने, खाना पकाउने ग्याँस भने एक सय रुपैयाँले घट्ने

Banner

काठमाडौं, साउन १६-

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँसम्मले बढ्ने भएको छ । नेपाल आयल निगमले ३१ असारमा लागू गरेको स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य भारी मात्रामा बढ्न लागेको हो । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य भने सिलिण्डरमा एक सय रुपैयाँले घट्ने छ ।

नेपाल आयल निगमललाई मंगलबार भारतीय आयल निगमबाट प्राप्त १५ दिनको मूल्य अनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ७ रुपैयाँले बढेर प्राप्त भएको छ । यस्तै पेट्रोलको मूल्य लिटरमा साढे ८ रुपैयाँले बढेर आएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

उनकाअनुसार असार ३१ गतेबाट लागू भएको स्वचालित मूल्य प्रणालीअनुसार नै मंगलबार नै इन्धनको मूल्य समायोजन हुनेछ । निगमको परल मूल्यमा सो मूल्यमा भ्याट हिसाब गरेर पेट्रोल र डिजेल तथा मट्टीतेलमा निगमले स्वचालित मूल्य प्रणालीअनुसार मंगलबार नै मूल्य तोक्ने तयारी गरेको उनले बताए ।

जसअनुसार डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँ हाराहारीले महँगो हुनेछ । स्वचालित मूल्य प्रणालीअनुसार निगमले डिजेल पेट्रोलमा लिटरमा २ प्रतिशत मात्रै नाफा राखेर मूल्य तोक्न पाउँछ । यस्तै, खाना पकाउने ग्याँसमा भने नाफा नराख्ने कार्यविधि छ ।

जसअनुसार घटेर आएको प्रति सिलिण्डर एक सय रुपैयाँ मूल्य नै घटाएर मंगलबार मूल्य समायोजन गरिने ठाकुरले बताए । हवाई इन्धनमा भने स्वचालित मूल्य प्रणाली लागू हुने छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>