Breaking News

धरानमा डेँगुबाट ८ जनाको मृत्यु, संक्रमितको संख्या २३ सय नाघ्यो

Banner

विराटनगर, साउन १४-

प्रकोपमा रुपमा फैलिएको डेँगुका कारण धरानमा आठ जनाको मृत्यु भएको छ । दुई हजार ३५३ जना संक्रमित भएका छन् ।

धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले तीन हजार ९८१ जनाको परीक्षण गर्दा दुई हजार ३५३ जना डेँगु सङ्क्रमित देखिएको जानकारी दिए । उनका अनुसार परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेँगु देखिएको हो । यस्तै धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित छ ।

संक्रमण बढेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १५० जनासम्म अट्ने गरी डेँगुको छुट्टै वार्ड सञ्चालन गरिएको छ । विपीमा डेँगुका लागि छुट्टै क्लनिक पनि सञ्चालन गरिएको छ ।

डेँगु नियन्त्रणका लागि धरानमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन भइरहेको उनले बताए । धरानमा २४० वटै टोल विकास संस्थालाई डेँगु नियन्त्रण अभियानमा प्रयोग गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>