भरतपुर

चितवनका तीन सर्जकको गीत ‘मेरो मनको आकाशमा’को म्युजिक भिडियो सार्वजनिक

Banner

चितवन, साउन १४–

चितवनका सर्जक सहन प्रधानको संगीतमा कवि भूपिनको रचनामा रहेको ‘मेरो मनको आकाशमा’ गीतको नयाँ ‘म्युजिक भिडियो’ सार्वजनिक भएको छ ।

केही वर्ष अगाडि रेकर्ड गरिएको गीतलाई रिबेल क्रिएसनले म्युजिक भिडियोसहित शुक्रबार सार्वजनिक गरेको हो ।

गीतमा चितवनका गायक गगन प्रधान र जमुना शर्माको स्वर रहेको छ । भिडियोमा निरञ्जन प्रधान र सोफी धरेलको अभिनय रहेको छ । सिनर्जी आइडल छानिएकी अनामिका मल्लले यो गीतमा सुरुमा गाएकी थिइन् । झण्डै आधा दर्जन गीत लेखेका भूपिनले यो गीत प्रेम भावमा लेखेका छन् । उनले नारायणी अनलाइनलाई भने, ‘नयाँ म्युजिक भिडियो आएकोमा खुसी लागेको छ । मलाई उपल्लो मनाङको ल्याण्डस्केपमा गरिएको सुटिङले मन छोएको छ ।’ उनले कविता मस्तिष्कप्रधान रहने र गीत ह्दयप्रधान रहने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>