भरतपुर

चितवनका तीन सर्जकको गीत ‘मेरो मनको आकाशमा’को म्युजिक भिडियो सार्वजनिक

०
Banner

चितवन, साउन १४–

चितवनका सर्जक सहन प्रधानको संगीतमा कवि भूपिनको रचनामा रहेको ‘मेरो मनको आकाशमा’ गीतको नयाँ ‘म्युजिक भिडियो’ सार्वजनिक भएको छ ।

केही वर्ष अगाडि रेकर्ड गरिएको गीतलाई रिबेल क्रिएसनले म्युजिक भिडियोसहित शुक्रबार सार्वजनिक गरेको हो ।

गीतमा चितवनका गायक गगन प्रधान र जमुना शर्माको स्वर रहेको छ । भिडियोमा निरञ्जन प्रधान र सोफी धरेलको अभिनय रहेको छ । सिनर्जी आइडल छानिएकी अनामिका मल्लले यो गीतमा सुरुमा गाएकी थिइन् । झण्डै आधा दर्जन गीत लेखेका भूपिनले यो गीत प्रेम भावमा लेखेका छन् । उनले नारायणी अनलाइनलाई भने, ‘नयाँ म्युजिक भिडियो आएकोमा खुसी लागेको छ । मलाई उपल्लो मनाङको ल्याण्डस्केपमा गरिएको सुटिङले मन छोएको छ ।’ उनले कविता मस्तिष्कप्रधान रहने र गीत ह्दयप्रधान रहने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>