Breaking News
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सुचारु
०

चितवन, साउन १३-
नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै सुचारु भएको छ । पहिरो पन्छाएर सकेसँगै सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
थप पहिरो नखसेको र धमाधम पहिरो पन्छाउने काम भएकाले अनुमान गरेको समयभन्दा अगावै सडक सुचारु भएको सडक डिभिजनका सूचना अधिकारी चण्डेश्वर साहले बताए ।
इच्छाकामना–६ कालिखोला नजिक आज बिहान ७ बजे सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























