राजनीति

कोशी प्रदेशका सभामुखलाई राजीनामा दिन कांग्रेश महामन्त्री शर्माको सुझाव

Banner

काठमाडौं, साउन १२-

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएर सरकार बनाउन सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
सत्ता गठबन्धनले गौतमको हस्ताक्षरसहित सरकार बनाएर गल्ती गरेको स्वीकारेको भन्दै महामन्त्री शर्माले राजिनामा दिन अनुरोध गर्नुभएको हो ।
अदालतले गल्ती थियो भनिसकेपछि हामीले त्यसलाई महसुस गर्छौं भने सभामुखले महसुस गर्नुपर्ने तर्क गर्नुभयो । सभामुखको पदमा अब बस्न हुँदैन भनेर गौतमको अन्तरात्माले भन्नुपर्ने उहाँले बताउनुभयो ।

सत्ता गठबन्धनबाट कांग्रेसबाट उद्धव थापा मुख्यमन्त्री बनाउँदा बहुमत संख्या पुर्‍याउनका लागि गौतमले हस्ताक्षर गर्नुभएको थियो । भूमिका परिवर्तन गरी सरकारविहीनतालाई गौतमले साथ दिनुपर्ने शर्माको तर्क छ । गौतमले सभामुखबाट राजीनामा गरेर हस्ताक्षर गरेपछि सत्ता गठबन्धनलाई बहुमतका लागि ४७ जना पुग्दछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी विना सत्ताघटकलाई बहुमत पुर्‍याउन गौतमलाई राजीनामा गराउनु मात्रै विकल्प छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>