चितवन विशेष

नारायणगढ-मुग्लिन सडकमा गुडिरहेको बसको टायर फुत्किएपछि…

Banner

चितवन,साउन ११-

सुर्खेतबाट काठमाडौं जाँदै गरेको बसको टायर नै फुत्किएपछि दुर्घटनामा परेको छ । नारायणगढ–मुग्लीन सडक खण्डको भतेरीमा बस गुडीरहेको बेला टायर फुत्किएको हो । सुर्खेतबाट ४० जना यात्रु लिएर काठमाडौं जाँदै कर्णाली प्रदेश ०२००१ ख ०५६४ गरेको बसको पछाडीका दुवै टायर पुत्किएपनि मानवीय क्षती नभएको प्रहरी चौकी जुगेडी चितवनका असई टिकाराम दाहालले जानकारी दिए । उनकअनुसार बसमा सवार सबै यात्रु सकुशल छन् । टायरले हब नै फालेपछि दुर्घटनामा परेको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>