Breaking News

देवघाटको अस्थायी ट्राफिक पोष्टले उठायो सात लाख बढी राजश्व

Banner

चितवन, साउन ९-
देवघाटको तनहुँ तर्फ रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टले सात लाख भन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक बर्ष २०७९/०८०मा ट्राफिक नियम उलङ्घन गर्नेहरुबाट ७ लाख ४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको हो ।

गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अस्थायी पोष्टका प्रहरी सहायक हल्वदार बृद्धिराज महतोले हालसम्मकै सबैभन्दा बढी राजश्व संलकन गर्न सफल भएको जानकारी दिनुभयो । ‘देवघाटबाट एकैवर्षमा यति धेरै राजश्व संकलन भएको थिएन,’ उहाँले भन्नुभयो, ‘ट्राफिक प्रहरीको सक्रियता बढेसँगै राजश्व संकलनमा पनि वृद्धि भएको हो।’

पछिल्लो समय ट्राफिक नियम उल्लङ्घन गर्नेको संख्या बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर नै कारवाहीमा परेका छन् । बर्षभरिको तथ्याङ्क हेर्दा ७ सय ६३ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । जसबाट पाँच लाख ४३ हजार रूपैयाँ राजश्व संकलन भएको छ ।

कार तथा जीपको कारवाहीबाट पनि ६८ हजार रूपैयाँ राजश्व संकलन भएको उहाँले बताउनुभयो । वर्षभरिमा १ सय १० वटा जीप तथा कार कारवाहीमा परेका थिए । सोही अवधिमा ६२ वटा ट्रक कारवाहीमा परेको र त्यसबाट मात्रै ४५ हजार रूपैयाँ राजश्व संकलन भएको उहाँले बताउनुभयो ।

यो अवधिमा ३८ वटा ट्याक्टरबाट ३१ हजार ५ सय रूपैयाँ, २६ वटा अटोबाट १६ हजार ५ सय रूपैयाँ राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो । यात्रुबहाक बस भने एउटा मात्रै कारवाहीमा परेको छ । जसबाट ५ सय रूपैयाँ राजश्व संकलन भएको छ ।

देवघाटमा सवारी साधनको चेकजाँचलाई कडायी बनाएपछि राजश्व संकलनमा बृद्धि भएको उहाँको भनाई छ । ‘यति सानो क्षेत्रमा वर्षमै यति धेरै राजश्व संकलन हुनु भनेको सामान्य कुरा होइन,’ प्रहरी सहायक हवल्दार महतोले भन्नुभयो, ‘हामीले राजश्व संकलनको लक्ष्य लिएर चेकजाँचमा कडाइ गरेका होइनौँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>