भरतपुर
सामाखुसी खोलामा बगेर बेपत्ता भएका १३ वर्षीय बालक अझै फेला परेनन्
०

काठमाडौं,साउन ८-
काठमाडौँको सामाखुसी खोलामा आइतबार साँझ आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर अझै फेला परेका छैनन् । खोलाले बगाउँदा बेपत्ता भएका बालक मगरको खोजी कार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोली खटिएको र अहिलेसम्म पनि फेला पार्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार बालकको अहिले पनि खोजीकार्य जारी छ । काठमाडौँको पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत निज बालक आइतबार साँझ फुटसल खेल्न जाँदै गर्दा पर्खालबाट खसेर सामाखुसी खोलामा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


















