जनकपुरधाम

जनकपुरको सुरक्षा अस्पतालमा महिलाको मृत्यु, आन्दोलनपछि चिकित्सकहरु भागे !

Banner

जनकपुरधाम, साउन ६–

जनकपुरधामको रामानन्दचोकमा रहेको सुरक्षा अस्पतालमा चिकित्सकको लापरवाहीले एक महिलाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको मृत्यु भएको हो । उनको मृत्युपछि आफन्त आन्दोलित छन् । चिकित्सकहरु भने अस्पताल छाडेर भागेका छन् ।

पाठेघरको शल्यक्रियाका लागि सोनियालाई आफन्तले बुधवार भर्ना गराएको थियो । सोही दिन चिकित्सकले उनको शल्यक्रिया गरे । तर दुई दिनपछि शुक्रबार दिउँसो उनको मृत्यु भयो । चिकित्सकले शल्यक्रियामा लापरवाही गरेकाले सोनियाको मृत्यु भएको उनका भाइ उदयकुमार साहको आरोप छ ।

‘दिदीको अबस्था बिग्रिन थालेपछि अस्पतालबाट हामीलाई नसोधी बाहिर लग्न खोजेको थियो’, उदयले भने, ‘हामीलाई त्यतिबेला नै शंका लाग्यो ‌। त्यसपछि हामीले रोकेर हेर्न खोज्दा मृत्यु भइसकेको थियो ।’

सोनियाको मृत्युपछि शुक्रवार मध्यान्हदेखि नै आफ्न्तहरु अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरु सडक समेत अबरुद्ध पारेका थिए । त्यसपछि सुरक्षाकर्मी पुगेर अबस्था सामान्य बनाएको थियो ।

प्रदर्शन भइरहेकै बेला अस्पतालमा उपचाररत सबै विरामी छाडेर चिकत्सकसहितका कर्मचारी भागेका छन् । मृतकको शव आफन्तले बुझ्न मानेका छैनन् । शुक्रवार राति करिब ८ बजे प्रहरीले मृतकको शव उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पुर्याए ।

धनुषाका प्रमुख प्रमुख एसपी विश्वराज खड्काले चिकित्सकहरु भागेपछि विरामीहरुलाई अन्यत्र सारेर अस्पतालमा तालाबन्दी गरेको जानकारी दिए ।

रातिदेखि नै अस्पतालमा सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पीडितहरुले लापरवाही गर्ने चिकित्सक र अस्पताल संचालकलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>