Breaking News

रत्ननगरको बाघमारामा निउरो टिप्न गएका व्यक्ति मृत फेला, जनावरले आक्रमण गरेको आशंका

Banner

चितवन, साउन ५–

पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ बाघमारा मध्यवर्ती सामुदायिक वनमा बिहीवार निउरो टिप्न गएका एक व्यक्ति मृत फेला परेका छन् । रत्ननगर–६ का करिब ७६ वर्षीय नवराज अधिकारी आज बिहान साढे ७ बजेको समयमा जंगलभित्रै मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

निउरो टिपेर साँझसम्म पनि घर नफर्किएपछि आफन्तले उनको खोजी गरेका थिए । खोजी गर्ने क्रममा मृत फेला परेको अधिकारीको शरिरको विभिन्न भागमा चोट देखिएकाले जंगली जनावरले आक्रमण गरेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

कुन जनावरले आक्रमण गरेको भन्ने खुलेको छैन । शवको मुचुल्कासहितको अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>