स्वास्थ्य

नेपाली नर्सलाई बेलायत पठाउन आवेदन खुल्यो, यसरी जान सकिन्छ !

Banner

काठमाडौं,साउन ५-

बेलायतमा नेपाली नर्सलाई रोजगारमा पठाउन आवेदन खुलाइएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जीटूजी प्रक्रियाअन्तर्गत पाइलट प्रोग्रामको रूपमा प्रारम्भिक चरणमा एक सयजना नर्सलाई बेलायत पठाउन लागेको हो ।

मन्त्रालयका अनुसार जुलाई २० (साउन ४) देखि अक्टोबर १९ सम्म अनलाइन आवेदन खुलिसकेको छ । असार ६ गते बसेको मन्त्रिपषिद्को बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना (इम्पिमेन्टसन प्रोटोकल) स्वीकृत गरेको थियो । गत वर्ष भदौ ६ गते नेपाल र बेलायतबीच जीटूजी (सरकार-सरकारबीचको समझदारी) मोडलमा श्रम सम्झौता भएको थियो ।

यस्तो छ बेलायत जान प्रक्रिया

रोजगारीका लागि बेलायत जान चाहने नर्सले इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६.५ अंक प्राप्त गर्नुपर्नेछ । बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, साढे दुई वर्ष सरकारले मान्यता दिएका अस्पतालमा काम गरेका नर्सले आईईएलटीएस परीक्षामा सहभागी हुन पाउने जनाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>