चितवन विशेष

चितवन इन्जिनियरिङ क्याम्पसमा बिद्यार्थीले लगाए ताला, पठनपाठन अवरुद्ध

Banner

चितवन, साउन २-

भरतपुरको रामपुरमा रहेको चितवन इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

खानेपानी, इन्टरनेट, छात्रवृत्तिलगायत १५ बुँदे माग राखी विद्यार्थीले एक हप्ता अगाडि क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदा पनि प्रशासनले कुरा नसुनेपछि विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

तालाबन्दीले क्याम्पसको सबै पठनपाठन बन्द भएको छ । पाँचौं सेमेस्टरमा अध्ययनरत एक विद्यार्थीले कुनै राजनीतिक दलको विद्यार्थी संगठनको अगुवाइमा नभई विद्यार्थीहरुले स्वतस्फूर्तरुपमा माग राखी तालाबन्दी गरिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले क्याम्पस प्रमुख सुदिप शर्मा पौडेललाई विद्यार्थीले भोगेका समस्याको बारेमा ध्यानाकर्षण गराउँदा पनि खासै चासो नदिएको बताए । क्याम्पस इञ्जिनियरिङ अध्ययन संस्थान पुलचोकको चितवनमा एक मात्र आंगिक क्याम्पस हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>