देश/प्रदेश
कुवेत हिँडेका ११७ जना श्रमिकलाई अध्यागमनले विमानस्थलबाट फर्कायो
०

चितवन, असार २८-
अध्यागमन विभागले श्रम स्वीकृति लिएर कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट पकाइदिएको छ ।
सोमबार कुवेत जानको लागि विमानस्थल पुगेका यात्रुहरूलाई भिसा शंकास्पद देखिएपछि विमानस्थलबाट फर्काइएको विभागका महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए ।
‘भिसामा एउटा कम्पनीको नाम र एग्रिमेन्टमा अर्काे कम्पनीको नाम भएको पाइएपछि फकाईएका हो । उहाँहरूको डकुमेन्ट प्रमाणित भएपछि थप प्रक्रिया अघि बढ्नेछ’, उनले भने ।
भिसा स्टाटसमा पनि स्वीकृत हुन बाँकी भनेको कारण उनीहरूलाई रोकिएको महानिर्देशक अधिकारीले बताए ।
यस्ता खालका समस्या आएकाले विभागले विभिन्न समयमा यात्रुहरूलाई रोक्दै आइरहेको छ । भिसा स्वीकृत नहुँदै विदेश जाँदा उक्त देशले श्रमिकहरूलाई फर्काउने गरेपछि उनीहरूलाई रोकेको विभागका महानिर्देशक अधिकारीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















