चितवन विशेष
बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशीद्वारा चितवनमा ह्विलचियर बितरण

चितवन, असार २७-
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले भरतपुर महानगरपालिका–१० निवासी दुई जनालाई ह्विलचियर हस्तान्तरण गरेका छन् ।
ग्रीन सोसाइटी नेपालको सहयोग तथा मन्त्री जोशीको समन्वयमा ७५ वर्षीय कृष्णबहादुर श्रेष्ठ र ७१ वर्षीय मेघबहादुर आलेलाई ह्विलचियर हस्तान्तरण गरेका हुन् ।
जोशीले प्रदेश सभा निर्वाचनका क्रममा गरेको प्रतिबद्ता अनुसार सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरणपछि मन्त्री जोशीले अपांग अशक्तको पक्षमा बागमती प्रदेश सरकार जिम्मेवार रुपमा लागिपरेको बताए । उनले भने, ‘प्रदेश सरकार जनताको पक्षमा छ भन्ने अनुभूति हुने गरी स्वास्थ्य मन्त्रालयले काम गरेको छ ।’
स्वास्थ्य क्षेत्रमा देखिने गरी काम गर्न मन्त्रालय लागि परेको उनको भनाइ छ । प्रदेश सरकारका तर्फबाट जनतालाई प्रत्यक्ष रुपमा लाभ पुग्ने २५ वटा नयाँ कार्यक्रम सुरु गर्न लागेको उनले बताए । हुँदा खानेको पहुँचमा रहेको स्वास्थ्य सेवालाई हुँदा खानेको पहुँचसम्म पु¥याउने तर्फ प्रदेश सरकार लागेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेस चितवनका नेता डिल्लिराम सापकोटा, नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नम्बर १० का सभापति गणेशबहादुर गुरुङ, दोभान कालिका नमुना टोलका अध्यक्ष दिवाकर ढकाल, महिला अध्यक्ष रमा सापकोटालगायत उपस्थित थिए ।























