चितवन विशेष

रत्ननगरमा सञ्चालित १२ दिने आभारभूत लेखा तालिम सकियो

Banner

चितवन, असार २६–

पूर्वीचितवनको रत्ननगर–७ मा सञ्चालित १२ दिने आधारभूत लेखा तालिम सकिएको छ ।

बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले असार १५ देखि २६ गतेसम्म सो तालिम सम्पन्न गरेको हो ।

२७ जना सहभागी तालिममा लेखाको परिचय, अवधारणा र उद्देश्य, खाताहरुको परिचय र हिसाब, गोश्वारा भौचरलगायतको खातामा प्रविष्टी, भौचर संयोजन र स्थिति विवरणबारे सैद्धान्तिक प्रयोगात्मक अभ्यास गराइएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सजना महतोले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने बताए । उनले भने, ‘सौराहामा थुप्रै होटलहरु छन्, यो तालिम लिए पश्चात सौराहाका होटलहरुमा सजिलैसँग काम पाउन सकिन्छ ।’ तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न समेत महतोले आग्रह गरे । वडा नं. ६ का वडा अध्यक्ष किरण चौधरीले रोजगारीसँगै जोडिएकाले यस तालिमको औचित्य रहेको बताए । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले यस तालिमले रोजगारीको सृजना अवसर प्रदान गर्ने बताए । उनले सिकाइलाई व्यवहारमा उतार्न सम्पूर्ण प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

समापन कार्यक्रममा तालिममा सहभागीहरुले लेखासम्बन्धी तालिम आफ्नो लागि निकै प्रभावकारी भएको अनुभव सुनाए । वैदेशिक रोजगारीमा जादा समेत यस तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने बताए । १२ दिने तालिम अवधिभर द्वारिका रिजालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रम समापन समारोहमा सभा अध्यक्ष, अतिथि तथा प्रशिक्षकले संयुक्तरुपमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतु तामाङले यस तालिमले सौराहाका व्यवसायीलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे । लेखा तलिमले आर्थिकस्तरमा सुधार हुने भएकाले उनले खुसी व्यक्त गरे । तालिममा आन्तरिक राजस्व कार्यालय खैरहनीका प्रमुख अर्जुन पन्त, वडा नं. ६ की वडा सदस्य बबिता चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>